हमास नेता र इरानी विदेशमन्त्रीबिच कतारमा भेटवार्ता, सहयोग जारी राख्ने प्रतिबद्धता
दोहा । हमास नेता इस्माइल हानिया र इरानका विदेशमन्त्री होसैन अमीर–अब्दुल्लाहियनबिच कतारमा भेटवार्ता भएको छ । समाचार एजेन्सी रोयटर्समा प्रकाशित हमासको बयानमा अमीर–अब्दुल्लाहियनले आफ्नो लक्ष्य पुरा गर्नका लागि समूहलाई साथ र सहयोग जारी राख्ने सहमति जनाएका छन् ।
कतारको दोहामा दुई नेताबिच भएको भेटमा अब्दुल्लाहियानले एक हप्ता अघि इजरायलमा गरिएको हमासको आक्रमणलाई ‘ऐतिहासिक जीत’ भएको बताउँदै त्यसको प्रशंसा गरेको बताइएको छ । इरानको आधिकारिक समाचार एजेन्सी इरनाले दुई नेताबिच भएको भेटघाटको एउटा भिडियो पनि साझा गरेको छ ।
इजरायल र हमासबिचको द्वन्द्वको आज आठौँ दिन हो । इजरायलले एक हप्ताअघि इजरायलमा आक्रमण गरेको थियो जसमा कम्तीमा १३ सय जना मारिएका छन् । कयौँ इजरायली नागरिक अझै पनि हमासको कब्जामा रहेको बताइएको छ । उता, इजरायलले गाजामा गरेको जवाफी सैन्य कारबाहीमा कम्तीमा २२ सय जना मारिएका छन् ।
Iran’s Foreign Minister @Amirabdollahian and Head of #Palestine’s Hamas Political Bureau Chief Ismail Haniyeh have met and held talks in Qatar’s capital Dohahttps://t.co/fIgamQNrih pic.twitter.com/FEywWS1sf0
— IRNA News Agency (@IrnaEnglish) October 14, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण