शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हमास नेता र इरानी विदेशमन्त्रीबिच कतारमा भेटवार्ता, सहयोग जारी राख्ने प्रतिबद्धता

आइतबार, २८ असोज २०८०, ०९ : ५४
आइतबार, २८ असोज २०८०

दोहा । हमास नेता इस्माइल हानिया र इरानका विदेशमन्त्री होसैन अमीर–अब्दुल्लाहियनबिच कतारमा भेटवार्ता भएको छ । समाचार एजेन्सी रोयटर्समा प्रकाशित हमासको बयानमा अमीर–अब्दुल्लाहियनले आफ्नो लक्ष्य पुरा गर्नका लागि समूहलाई साथ र सहयोग जारी राख्ने सहमति जनाएका छन् ।

कतारको दोहामा दुई नेताबिच भएको भेटमा अब्दुल्लाहियानले एक हप्ता अघि इजरायलमा गरिएको हमासको आक्रमणलाई ‘ऐतिहासिक जीत’ भएको बताउँदै त्यसको प्रशंसा गरेको बताइएको छ । इरानको आधिकारिक समाचार एजेन्सी इरनाले दुई नेताबिच भएको भेटघाटको एउटा भिडियो पनि साझा गरेको छ ।

इजरायल र हमासबिचको द्वन्द्वको आज आठौँ दिन हो । इजरायलले एक हप्ताअघि इजरायलमा आक्रमण गरेको थियो जसमा कम्तीमा १३ सय जना मारिएका छन् । कयौँ इजरायली नागरिक अझै पनि हमासको कब्जामा रहेको बताइएको छ । उता, इजरायलले गाजामा गरेको जवाफी सैन्य कारबाहीमा कम्तीमा २२ सय जना मारिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप