मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

युनाइटेड खरिद गर्ने प्रक्रियाबाट बाहिरिए कतारी शेख जसिम

आइतबार, २८ असोज २०८०, १२ : २३
आइतबार, २८ असोज २०८०

म्यानचेस्टर । कतारी बैंकर शेख जसिम बिन हमाद अल थानी म्यानचेस्टर युनाइटेड खरिद प्रक्रियाबाट बाहिरिएका छन् । बीबीसी स्पोर्टका अनुसार शेख जसिमले क्लब खरिद गर्नका लागि ५ खर्ब पाउण्डको अफर राखेका थिए । तर, यो हप्ता थप छलफलको प्रक्रिया टुटेको थियो ।

ग्लेजर परिवारले सन् २००५ मा युनाइटेडलाई ७९ करोड पाउन्डमा खरिद गरेको थियो । सन् २०२२ को नोभेम्बरमा उनीहरूले क्लबलाई बिक्री गर्ने घोषणा गरेका थिए ।

यसमा बेलायती व्यापारी सर जिम र्‍याटक्लिफको ईनेओस समूह खरिद गर्न इच्छुक अर्को समूह रहेको थियो । स्रोतका अनुसार र्‍याटक्लिफले अब क्लबको २५ प्रतिशत सेयर खरिदका लागि सम्झौता पुरा गर्ने तयारी गरेका छन् ।

ग्लेजर परिवारले युनाइटेड बिक्री गर्ने भनेपछि धेरै जनाले यसमा इच्छा देखाएका थिए तर र्‍याटक्लिफ र शेख जसिमले मात्र यसका लागि औपचारिक प्रस्ताव पेस गरेका थिए । दुवैले ५ अर्ब पाउन्डको प्रस्ताव राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप