युनाइटेड खरिद गर्ने प्रक्रियाबाट बाहिरिए कतारी शेख जसिम
म्यानचेस्टर । कतारी बैंकर शेख जसिम बिन हमाद अल थानी म्यानचेस्टर युनाइटेड खरिद प्रक्रियाबाट बाहिरिएका छन् । बीबीसी स्पोर्टका अनुसार शेख जसिमले क्लब खरिद गर्नका लागि ५ खर्ब पाउण्डको अफर राखेका थिए । तर, यो हप्ता थप छलफलको प्रक्रिया टुटेको थियो ।
ग्लेजर परिवारले सन् २००५ मा युनाइटेडलाई ७९ करोड पाउन्डमा खरिद गरेको थियो । सन् २०२२ को नोभेम्बरमा उनीहरूले क्लबलाई बिक्री गर्ने घोषणा गरेका थिए ।
यसमा बेलायती व्यापारी सर जिम र्याटक्लिफको ईनेओस समूह खरिद गर्न इच्छुक अर्को समूह रहेको थियो । स्रोतका अनुसार र्याटक्लिफले अब क्लबको २५ प्रतिशत सेयर खरिदका लागि सम्झौता पुरा गर्ने तयारी गरेका छन् ।
ग्लेजर परिवारले युनाइटेड बिक्री गर्ने भनेपछि धेरै जनाले यसमा इच्छा देखाएका थिए तर र्याटक्लिफ र शेख जसिमले मात्र यसका लागि औपचारिक प्रस्ताव पेस गरेका थिए । दुवैले ५ अर्ब पाउन्डको प्रस्ताव राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण