विदुषीको ‘चिसो घर’ जियो मामी मुम्बई फिल्म फेस्टिभलमा छनौट
काठमाडौँ । विदुषी गिरीको लेखन र डेब्यू निर्देशन रहेको सर्ट फिल्म ‘चिसो घर’ भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिवलका लागि छानिएको छ ।
आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने फेष्टिवलमा गिरीको सोसल ड्रामा जनराको फिल्म वर्ल्ड प्रिमियर समेत हुनेछ । थर्ड डाईनेन्सन पिक्चर्स, सिमल सिनेमा र एभरेस्ट फिल्म एकेडेमीद्वारा संयुक्त रूपमा निर्माण गरिएको फिल्ममा सोनिका शाही ठकुरी, सरिता गिरी, लोकेन्द्र लेखक, सुवास बमजन र मारिया कार्कीको अभिनय छ ।
विदुषीकै कथा, पटकथा र संवाद, चक्र महर्जनको छायाङ्कन र पासाङ दावाको सम्पादन फिल्ममा छ ।फिल्मकी निर्देशक गिरीका अनुसार फिल्म फोकस साउथ एसिया सेक्सनअन्तर्गत वर्ल्ड प्रिमियरका लागि छानिएको हो । यो फिल्म उक्त फेस्टिभलमा अप्रतिस्पर्धी फिल्मका रूपमा छनौट भएको हो । आप्mनो पहिलो प्रयास नै मुम्बई फिल्म फेस्टिभलजस्तो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट हुनु गौरवको विषय भएको भन्दै गिरीले खुसी व्यक्त गरिन् ।
७० भन्दा धेरै देशका दुई सय ५० फिल्म सहभागी फेस्टिभलमा यस वर्ष नेपाली फिल्मको बाहुल्यता रहेको छ । बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी प्रियङ्का चोपडा अध्यक्ष रहेको फेस्टिभलमा नेपाली फिल्महरू विभिन्न विधाका लागि छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण