शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमाले मधेस प्रदेशका पदाधिकारीले लिए शपथ (नामसहित)

आइतबार, २८ असोज २०८०, १८ : ००
आइतबार, २८ असोज २०८०

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशमा सर्वसम्मत रुपमा चयन भएका ५ जना पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । असोज २४ गतेदेखि २८ गतेसम्म चलेको अधिवेशनबाट सर्वसम्मत पदाधिकारीहरुले शनिबार राति पद तथा गोपनियताको सपथ लिएका हुन् ।

नवनिर्वाचित प्रदेश अध्यक्ष चन्देश्वर मण्डललाई निर्वाचन कमिटीका अधिकृत टीकाध्वज खड्काले शपथ ग्रहण गराएका छन् । त्यस्तै प्रदेश कमिटीका उपाध्यक्ष विचारी यादव, सविच मनोज पौडेल, उपसचिव आरती भण्डारी र मोहम्मद कैसले पनि अध्यक्ष मण्डलले शपथ खुवाएका छन् ।

यस्तै सर्वसम्मतबाटै चयन भएका लेखा समितिका अध्यक्ष लक्ष्मीनारायण यादवलाई पनि अध्यक्ष मण्डलले नै शपथ ग्रहण गराए । ५ जना पदाधिकारी र लेखा समितिका अध्यक्ष यादवले शपथ ग्रहण गरेपनि बाँकी सदस्यहरुले दशैंपछि शपथ ग्रहण गर्ने जनाइएको छ । अधिवेशनबाट २ सय २५ सदस्यीय एमाले प्रदेश कमिटी चयन भएको छ । अन्य प्रदेशहरुमा निर्वाचन भएपनि मधेस प्रदेशमा भने शीर्ष नेताहरु जुटेर सहमतिमै नेतृत्व चयन भएको हो ।

नेतृत्व चयनका लागि मधेस प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका पार्टी नेता योगेश भट्टराई, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासविच शंकर पोखरेल, सचीव रघुवीर महासेठ, प्रदेशसभा सदस्य सरोजकुमार यादव लगायतका नेताहरु जुटेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप