सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात
काठमाडौँ । इजरायलमा सम्पर्कविहीन बनेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । गत शनिवारदेखि सम्पर्कविहीन बनेका जोशीको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
इजरायलस्थित नेपाली दूतावासले उनको खोजी कार्य जारी रहेको जनाएको छ । तर, हालसम्म उनको अवस्था अज्ञात नै रहेको दूतावासले जनाएको छ ।
उपलब्ध संयन्त्रको प्रयोग गरेर सम्पर्कविहीन जोशीको खोजी कार्य जारी रहेको दूतावासले जनाएको छ । गत शनिबार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । घाइतेमध्ये २ जना डिस्चार्ज भएर १ जना कैलालीका धनबहादुर चौधरी नेपाल फर्किसकेका छन् । एक जना दूतावासको हेरचाहमा छन् भने २ जनाको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ ।
हमासले पहिलो पटक आक्रमण गर्दा विपिनले नै ग्रिनेड फिर्ता पठाएका थिए । त्यसपछि दोस्रो पटकको आक्रमणमा परी नेपाली विद्यार्थीहरुको ज्यान गएको थियो । उपचाररत हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको बताएका छन् । ३४ जना हमासका विद्रोहीहरुले उनलाई बन्धक बनाएर लगेको आफूले देखेको उनको भनाई छ । त्यसैले नेपाल सरकार, इजरायल सरकार, दूतावास लगायतका सरोकारवाला निकायहरुले उनको खोजी त्यही आधारमा गर्न अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण