सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

काठमाडौँ । इजरायलमा सम्पर्कविहीन बनेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । गत शनिवारदेखि सम्पर्कविहीन बनेका जोशीको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
इजरायलस्थित नेपाली दूतावासले उनको खोजी कार्य जारी रहेको जनाएको छ । तर, हालसम्म उनको अवस्था अज्ञात नै रहेको दूतावासले जनाएको छ ।
उपलब्ध संयन्त्रको प्रयोग गरेर सम्पर्कविहीन जोशीको खोजी कार्य जारी रहेको दूतावासले जनाएको छ । गत शनिबार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । घाइतेमध्ये २ जना डिस्चार्ज भएर १ जना कैलालीका धनबहादुर चौधरी नेपाल फर्किसकेका छन् । एक जना दूतावासको हेरचाहमा छन् भने २ जनाको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ ।
हमासले पहिलो पटक आक्रमण गर्दा विपिनले नै ग्रिनेड फिर्ता पठाएका थिए । त्यसपछि दोस्रो पटकको आक्रमणमा परी नेपाली विद्यार्थीहरुको ज्यान गएको थियो । उपचाररत हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको बताएका छन् । ३४ जना हमासका विद्रोहीहरुले उनलाई बन्धक बनाएर लगेको आफूले देखेको उनको भनाई छ । त्यसैले नेपाल सरकार, इजरायल सरकार, दूतावास लगायतका सरोकारवाला निकायहरुले उनको खोजी त्यही आधारमा गर्न अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध सर्वोच्चमा रिट
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
-
वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप