सैफ र करीनाको लवस्टोरी : विवाह पहिले कोर्ट म्यारिज, रिसेप्सन पार्टीमा करोडौं खर्च
मुम्बई । बलिउडको चर्चित कपल करीना कपूर र सैफ अली खान वैवाहिक सम्बन्धमा जोडिएको ११ वर्ष पुरा भयो । १६ सेप्टेम्बर २०१२ मा विवाह गरेका यो जोडीको बीचमा अहिले पनि प्रेम कम जस्ताको तस्तै छ ।
यो जोडीका दुई छोरा तैमुर अली खान र जेह अलि खान छन् । सैफ र करीनाको विवाहको वर्षगाँठमा उनीसँग सम्बन्धित केही रोचक तथ्य यस्ता छन् ।
विवाह पहिले कोट म्यारिज
करीना र सैफले विवाह अगाडि कोट म्यारिज गरेका थिए । त्यो समय एकदमै सानदार रिसेप्सन पार्टी पनि राखिएको थियो । उनीहरूको यो पार्टीमा बलिउडमा हस्तिहरूका अलावा राजनेताहरुको पनि सहभागिता थियो ।
रिसेप्सन पार्टी सैफका पहिलो श्रीमती पट्टीको छोराछोरी सारा अली खान र इब्राहिम अली खान पनि सहभागी थिए ।
विवाहमा शर्मिला टैगोरको लेहङ्गा
करीना कपूरले विवाहमा सासू शर्मिला टैगोरको लेहङ्गा लगाएकी थिइन् । रिसेप्सनमा करीनाले पिंक कलरको लेहङ्गा लगाएकी थिइन् । जसको डिजाइन मनीष मल्होत्राले गरेका थिए । यो समारोहमा सैफले ब्ल्याक कलरको शेरवानी लगाएका थिए ।
सैफभन्दा १० वर्ष कान्छी करिना
सैफभन्दा करीना दश वर्ष कान्छी छिन् । दुवैको विवाहित जिन्दगीको खुसीको रहस्य दुवैले एक अर्कोलाई राम्रो समय दिन्छन् ।
काममा व्यस्त जोडी
करीना अहिले अभिनेत्री निर्देशक हंसल मेहताकी फिल्म ‘द बकिन्घम मर्ड्स’मा देखिँदैछिन् । यसको अलावा उनी रोहित शेट्टीको ‘सिंघम अगेन’ र तब्बु, कृति सेनन र दिलजीत दोसाँझका साथ ‘द क्रू’ को सुटिङ गरिरहेकी छन् ।
सैफ भने पछिल्लो समय ‘गो गोवा गन २’ मा देखिएका थिए । उनी साउथको फिल्म ‘देवरा’ मा पनि देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण