शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मदन पुरस्कार विवेक ओझा र जगदम्बा श्री पुरस्कार टेकबीर मुखियालाई अर्पण

सोमबार, २९ असोज २०८०, १८ : २५
सोमबार, २९ असोज २०८०

काठमाडौँ । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ ।  

ललितपुरमा एक कार्यक्रमकाबीच सोमवार बि.सं. २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई पुरस्कार अर्पण गरिएको हो । 

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले ऐँठनका लेखक विवेक ओझा र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरेका हुन् । मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ । यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कार ऐँठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो । 

ऐँठन कृति माओवादी आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तुमाथी केन्द्रित छ । ओझाले ऊर्जाशील उमेर लेखन क्षेत्रमा बिताएको स्मरण गरे । उनले आफूले पुरस्कार पाएपछि परिवारमा हर्षको आँसु आएको बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप