मदन पुरस्कार विवेक ओझा र जगदम्बा श्री पुरस्कार टेकबीर मुखियालाई अर्पण
काठमाडौँ । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ ।
ललितपुरमा एक कार्यक्रमकाबीच सोमवार बि.सं. २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई पुरस्कार अर्पण गरिएको हो ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले ऐँठनका लेखक विवेक ओझा र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरेका हुन् । मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ । यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कार ऐँठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो ।
ऐँठन कृति माओवादी आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तुमाथी केन्द्रित छ । ओझाले ऊर्जाशील उमेर लेखन क्षेत्रमा बिताएको स्मरण गरे । उनले आफूले पुरस्कार पाएपछि परिवारमा हर्षको आँसु आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण