मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मेनोपजमा छालाको स्याहार कसरी गर्ने ?

सोमबार, २९ असोज २०८०, २० : २३
सोमबार, २९ असोज २०८०

काठमाडौँ । मेनोपज ४० वर्षदेखि ५० वर्षको बीचमा हुन्छ । यो भनेको महिनावारी पूरै ठप्प हुने बेला हो । यतिबेला महिलाको शरीरमा कयौँ परिवर्तन आउँछन् । यी मध्ये एउटा चाँहि छालाको स्वास्थ्य खस्किनु हो । अधिकांशमा यो समस्या आउँछ । मेनोपजको बेलामा ओएस्ट्रोजेन र प्रोजेष्टेरोनको उत्पादन घट्छ । यसले गर्दा छाला सुख्खा हुन्छ, मुहारको छालामा रातोपन बढ्छ । 

हर्मोनको स्तरमा हुने परिवर्तनले पनि यति बेला डन्डीफोर आउँछ । कोलजनमा उल्लेख्य कमी आउने भएकोले छालामा चाउरीपनालगायत अनेकौं समस्या देखिन्छ । मनोपज टार्न सकिन्न । तर यस्तो बेलामा स्वस्थवद्र्धक खाना र जीवनशैलीको साथमा स्याहारमा विशेष ध्यान दिएर छालालाई बिग्रनबाट जोगाउन सकिन्छ । 

जलयोजन 

यसको लागि पहिलो कदम चाँहि प्रशस्त मात्रामा जल सेवन हो । यतिबेला शरीर र छाला सामान्य बेलाको भन्दा बढी सुख्खा हुन्छ । छालालाई सुख्खा हुन नदिन मोइस्चराइजरको प्रयोग गर्नु उपर्युक्त हुन्छ । यसबाहेक पनि पर्याप्त मात्रामा पानी पिउनुहोस् र झोलिलो खानेकुरा खानुहोस् । पानीको मात्रा धेरै पाइने काँक्रो, गोलभेडा, खरबुजा, स्याउलगायत फलफुलको नियमित सेवन गर्नुहोस् । 

छालाको सफाइ 

यस्तो बेलामा क्लिन्जिङ छालाको स्याहार गर्नेतर्फ पहिलो कदम हो । हर्मोनमा हुने परिवर्तनका कारण छाला सुख्खा हुने भएको पनि क्लिन्जिङ गर्नु अति नै जरुरी हुन्छ । मुहारको छाला साबनरहित क्लिन्जरले सफा गर्नु पर्छ । यसले ब्रेकआउट्स रोक्छ अनि छालाका छिद्रहरु खोल्छ । 

रेटिनोलको प्रयोग 

रेटिनोल भिटामिन ए हो । यसले बुढा कोषलाई पनि जवान बनाइदिन्छ । यसले छालाको तरोताजा राख्न मद्दत गर्छ । स्किन टोन सुधार्छ, डन्डीफोर घटाउँछ कोलजनको सिन्थेसिस बढाइदिन्छ । यो राम्रो एन्टीअक्सिडेन्ट हो । पलिो पटक रेटिनोल प्रयोग गर्दै हुनु हुन्छ भने हप्तामा २–३  पटक राति राति मुहारमा लगाउनुहोस् । 

मेनोपजपछि दैनिक रुपमा सनस्क्रिनको प्रयोग खास गरी जरुरी हुन्छ । यो बेलामा छालाको क्यान्सर हुने जोखिम बढ्ने भएकोले पनि सन स्क्रिनको प्रयोग जरुरी भएको हो । घाम नलागेको दिन भएपनि एफपीएफ लगाउनु पर्छ । हरेक बिहान ३० वा सोभन्दा बढीको एसपीएफ प्रयोग गर्नु होला । भीटामिन डीथ्री, क्याल्सियम, प्रिमरोज आयल र मल्टी भिटामिनको प्रयोग गर्नु पनि उपर्युक्त हुने विज्ञहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप