कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन
कम्बोडिया । उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ ।
बैंकक एयरवेजले पहिलो व्यावसायिक उडानले सोमबार बिहान विमानस्थलमा अवतरण गर्दा कम्बोडियाका उपप्रधानमन्त्री भोङ्से भिसोथले न्यानो स्वागत गरे ।
कार्यक्रममा उनले तीन हजार छ सय मिटरको धावनमार्ग भएको एसएआई ४–ई स्थरको अन्तर्राष्ट्रिय विमानस्थल हो भन्दै यसले लामो दूरीका उडानलाई समायोजन गर्न सक्ने बताए । उनले नयाँ विमानस्थलको सञ्चालनले कोभिडले पछाडि परेको पर्यटन क्षेत्रको विकास हुने तथा कम्बोडिया र चीनबीच सद्भाव वृद्धि हुने विश्वास व्यक्त गरे ।
विमानस्थलको निर्माण र सञ्चालनसँगै चीन र कम्बोडियाको पर्यटन व्यापार र अर्थतन्त्र विकासमा योगदान पुर्याउने उनको भनाइ थियो ।
एसएआईमा चीनको युनान इन्भेष्टमेन्ट होल्डिङ लिमिटेड सम्बद्ध एङ्कोर इन्टरनेसन एयरपोर्ट इन्भेस्टमेन्ट कम्पनीले लगानी गरेको हो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण