बाइडेनको कोलोराडो भ्रमण रद्द, इजरायल भ्रमणको सम्भावना बढ्यो
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार कोलोराडो भ्रमणको योजना अचानक रद्द गरेको ह्वाइट हाउसले जानकारी गराएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बाइडेनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल भ्रमणको निम्तो दिएको बताए ।
कोलोराडोमा ‘विन्ड टर्बाइन म्यानुफ्याक्चरर प्लान्ट’को अवलोकन गर्न गएका ८० वर्षीय बाइडेनले आर्थिक पुनरुत्थान र पर्यावरणसमर्थक सन्देशलाई आफ्नो २०२४ को पुनः निर्वाचन अभियानको केन्द्रमा राखेका छन् ।
ह्वाइट हाउसका अनुसार अन्तिम समयमा रद्द गरिएको भ्रमण पुनः निर्धारित हुनेछ । ह्वाइट हाउसले जारी गरेको एक संक्षिप्त वक्तव्यमा बाइडेन राष्ट्रिय सुरक्षा बैठकमा भाग लिन वासिङ्टनमै रहने उल्लेख गरिएको छ ।
किर्बीले बाइडेन इजरायल र हमासबीच के भइरहेको छ भन्नेमा केन्द्रित रहने बताएको छ ।
एक्जिओस र सीएनएनलगायतका विभिन्न सञ्चारमाध्यमले अमेरिकी र इजरायली अधिकारीहरूले बाइडेनको सम्भावित इजरायल भ्रमणबारे छलफल गरिरहेको जनाएका छन् ।
अक्टोबर ६ मा गाजाबाट हमासले गरेको आक्रमणको बदलामा सयौं इजरायली नागरिकको ज्यान जाने गरी भएको आक्रमणको बदलामा बाइडेनले अमेरिकाको नजिकको सहयोगी इजरायललाई बलियो समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
बाइडेनले फेब्रुअरीमा उच्च जोखिमयुक्त अर्को युद्धक्षेत्र युक्रेनको भ्रमण गरेका थिए । उनले अन्तिम पटक सन् २०२२ को जुलाईमा इजरायलको भ्रमण गरेका थिए ।- (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण