काठमाडौँ–रेसुङ्गा–काठमाडौँसहित ७ गन्तव्यका लागि स्थगन भएको निगमको उडान दसैँपछि नियमित हुने
काठमाडौँ । वायु सेवा निगमको आन्तरिक उडानतर्फ स्थगन भएका ७ गन्तव्यहरुमा केही दिनभित्रै पुनः उडान सुचारु हुने भएका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार काठमाडौँ–रेसुङ्गा–काठमाडौँ उडानसहित आन्तरिक ७ गन्तव्यहरुमा छिट्टै उडान नियमित गर्ने तयारी निगमको रहेको छ ।
दसैँकै मुखमा टिकट काटेका यात्रुहरुलाई समस्या पर्नेगरी निगमले असोज २५ गते एक सूचना जारी गर्दै निगमको आर.ए १७७/१७८ उडान नम्बरको काठमाडौँ–रेसुङ्गा–काठमाडौँ, आर.ए.१८७/१८८ नम्बरको काठमाडौँ–दाङ–काठमाडौँ, १३७/१३८ नम्बरको काठमाडौँ–खानिडाँडा–काठमाडौँ, १०९/११० नम्बरको काठमाडौँ–भोजपुर–काठमाडौँ उडान अर्को सूचना जारी नहुँदासम्म स्थगत गरिएको जनाएको थियो ।
यस्तै, निगमको आर.ए.११७/११८ उडान नम्बरको काठमाडौँ–फाप्लु–काठमाडौँ, १२९/१३० नम्बरको काठमाडौँ–ताप्लेजुङ्ग–काठमाडौँ र ११३/११४ नम्बर काठमाडौँ–थामखर्क–काठमाडौँको उडान स्थगन गरेको छ ।
उक्त उडानहरुको टिकट काटिसकेका यात्रुहरुले चाहेमा टिकट रिफन्ड (फिर्ता) लैजान सकिने वा उडान नियमित भएपछि सोही टिकटमा यात्र गर्छु भन्ने समेत सकिने प्रवक्ता पौडेलले रातोपाटीसँग बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण