मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

काठमाडौँ–रेसुङ्गा–काठमाडौँसहित ७ गन्तव्यका लागि स्थगन भएको निगमको उडान दसैँपछि नियमित हुने

मङ्गलबार, ३० असोज २०८०, १७ : ४९
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । वायु सेवा निगमको आन्तरिक उडानतर्फ स्थगन भएका ७ गन्तव्यहरुमा केही दिनभित्रै पुनः उडान सुचारु हुने भएका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार काठमाडौँ–रेसुङ्गा–काठमाडौँ उडानसहित आन्तरिक ७ गन्तव्यहरुमा छिट्टै उडान नियमित गर्ने तयारी निगमको रहेको छ । 

दसैँकै मुखमा टिकट काटेका यात्रुहरुलाई समस्या पर्नेगरी निगमले असोज २५ गते एक सूचना जारी गर्दै निगमको आर.ए १७७/१७८ उडान नम्बरको काठमाडौँ–रेसुङ्गा–काठमाडौँ, आर.ए.१८७/१८८ नम्बरको काठमाडौँ–दाङ–काठमाडौँ, १३७/१३८ नम्बरको काठमाडौँ–खानिडाँडा–काठमाडौँ, १०९/११० नम्बरको काठमाडौँ–भोजपुर–काठमाडौँ उडान अर्को सूचना जारी नहुँदासम्म स्थगत गरिएको जनाएको थियो । 

यस्तै, निगमको आर.ए.११७/११८ उडान नम्बरको काठमाडौँ–फाप्लु–काठमाडौँ, १२९/१३० नम्बरको काठमाडौँ–ताप्लेजुङ्ग–काठमाडौँ र ११३/११४ नम्बर काठमाडौँ–थामखर्क–काठमाडौँको उडान स्थगन गरेको छ । 

उक्त उडानहरुको टिकट काटिसकेका यात्रुहरुले चाहेमा टिकट रिफन्ड (फिर्ता) लैजान सकिने वा उडान नियमित भएपछि सोही टिकटमा यात्र गर्छु भन्ने समेत सकिने प्रवक्ता पौडेलले रातोपाटीसँग बताए । 

393438282_1026561635130162_1836920368252794064_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप