सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

इजरायलमा मारिएका नेपालीको शव २/३ दिन भित्रमा नेपाल पठाउने तयारी

मङ्गलबार, ३० असोज २०८०, १८ : ३६
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको शव केहिदिन भित्रमा नेपाल पठाइने भएको छ । इजरायलस्थित नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ। 

पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर २/३ दिनमा नेपाल पठाउने भएको हो । गत शनिबार हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये ५ जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ । प्राप्त भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने दूतावासले जनएको हो।

i

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप