कङ्गो जहाज दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो
किन्सासा । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तमा चार दिनअघि झण्डै ३०० यात्रु बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ ।
यातायातमन्त्री मार्क एकिलाले सोमबार जनाए अनुसार कङ्गो नदीमा शुक्रबार राति भएको जहाज दुर्घटनामा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने, एक जना अज्ञात छन् । यात्रुको अत्यधिक चापका कारण सो दुर्घटना बताइएको छ ।
आइतबार जारी गरिएको भिडियो रिपोर्टमा प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले २८ वटा शव फेला परेको र पीडितका आफन्तहरूले २६१ जना बेपत्ता भएको उल्लेख गरेका छन्।
घटनास्थलमा पुगेका डेपुटी गभर्नरले दोषीलाई कडा कारबाही गरिने बताएका छन् ।
प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुङ्गा शुक्रबार अबेर कङ्गो नदीमा रहेको प्रान्तको बन्दरगाह सहर एमबन्दकाबाट ३०० किलोमिटर टाढा रहेको बोलोम्बाको लागि छुटेको थियो ।
यात्रुहरूको सङ्ख्या एकिन हुन सकेको छैन ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण