शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली सङ्घलाई तीन महिनाभित्रै भावनात्मक र साङ्गठनिक एकताबद्ध गराउँछु: महेश श्रेष्ठ

बुधबार, ०१ कात्तिक २०८०, १२ : ३१
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ  । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले तीन महिनाभित्र सङ्घलाई भावनात्मक र साङ्गठनिक रुपमा एकताबद्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षका उम्मेदवार श्रेष्ठले १० औँ महाधिवेशनका दौरान गैरआवासीय नेपाली सङ्घमा देखिएको विवाद समाधान गरी दुवै धारलाई एकताबद्ध बनाउने बताएका हुन् । 

श्रेष्ठले विश्वभरका गैरआवासीय नेपालीलाई मिलाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको बताए। ‘१० औँ महाधिवेशनपछि संस्था विभाजित अवस्थामा छ । केही साथीहरू असन्तुष्ट भएर बेग्लै अधिवेशन पनि गर्नुभयो । तर, म तीन महिनाभित्र असन्तुष्ट साथीलाई एकताबद्ध गराएर इतिहास बनाउन चाहन्छु,’ उनले भने।

श्रेष्ठले यसअघि पनि एनआरएनएलाई पटक–पटक वैधानिक रूपमै विभाजित गर्ने प्रयासलाई आफूले रोकेको बताउँदै दुई वर्षभित्र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले असन्तुष्ट समूहका अभियन्तासँग निरन्तर संवाद भइरहेको बताए । ‘म विजयी भएर शपथ गरेको दिनदेखि एक्सनमा काम गर्नेछु, सङ्घमा रहेका सबै पदाधिकारीलाई जिम्मेवारी छुट्याएर परिणाम दिलाउनेछु,’ उनले भने।

अध्यक्षको उम्मेदवार श्रेष्ठले नेपालको समुन्नतिका लागि लगानी भित्र्याउने सवालमा र एनआरएनएलाई बलियो बनाउनका लागि पाँच बुँदे एजेन्डा अघि सारेको बताए । उनले सरकारसँग सहकार्य गरेर नेपालमा लगानी भित्र्याउन पहल गर्ने अठोट व्यक्त गरे । 

विदेशमा रहेका नेपाली श्रमिक, लगानीकर्ता साथै सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई धेरै नीतिगत र कानुनी समस्याहरू रहेकाले त्यसलाई सुल्झाउन कटिबद्ध रहेको जनाए । श्रेष्ठले आफूलाई समर्थन गर्ने उम्मेदवार समावेशी भएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप