सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा सवारीमा टाइम कार्ड लागू, नाकामा चेकजाँचमा कडाई

बुधबार, ०१ कात्तिक २०८०, १३ : ०१
बुधबार, ०१ कात्तिक २०८०

हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गरेको छ । कार्यालयले मंगलबारबाट हेटौंडा भरतपुर सडक खण्डबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुलाई लक्षित गरी टाइम कार्ड लागू गरेको हो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चाडपर्व लक्षित गरी टाइम कार्ड लागू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए । उनका अनुसार चुरियामाई– हेटौंडा बसपार्क, मनहरी हुँदै चितवन जाने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा अनिवार्य रुपमा टाइम कार्ड लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा टाइम कार्ड लागू गरिएको हो ।

सो रुटमा चल्ने यात्रुवाहक सवारी साधनलहरुले अनिवार्य टाइम कार्ड लिनुपर्ने व्यवस्था गरिएको छ भने टाइम कार्ड नलिई सवारी चलाएमा यातायात व्यवस्था ऐन, नियम बमोजिम कारबाही हुनेछ ।

रातोमाटे नाकामा कुकुरसहितको चेकजाँच

प्रहरीले जिल्लाको सबैभन्दा ठुलो र महत्वपूर्ण नाकाको रुपमा रहेको रातोमाटेमा तालिम प्राप्त कुकुरसहित विशेष सुरक्षाजाँच सुरु गरेको छ । चाडपर्वलाई लक्षित गरी सोमबारबाट पूर्व–पश्चिम सडक खण्डस्थित हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन (डग शाखा), इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेको संयुक्त टोलिले सुरक्षा जाँच सुरु गरेको हो ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी मकवानपुर जिल्लामा प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनहरुमा प्रतिबन्धित वस्तुहरु पट्का, लागुऔषध, भन्सार छलिका सामानहरु लगायत अन्य विस्फोटक पदार्थहरु समेत ओसार–पसार हुनसक्ने भएकोले तालिम प्राप्त कुकुरसहितको विशेष सुरक्षाजाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप