भीमफेदी कारागारका कैदीबन्दीलाई कैलाशको खसी र खाद्यान्न
हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ । बुधबार विजया दशमीको अवसरमा कारागारका कैदीबन्दीलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले २ वटा खसी, चिउरा र तेल हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा पालिकाका लेखा प्रमुख नविन धिताल, रोजगार संयोजक अर्पण लामा, १० नम्बर पूर्ववडाध्यक्ष माणिकलाल मुक्तान लगायतको उपस्थिति थियो । अध्यक्ष मुक्तानसहितको टोलीले पालिकाका कारागारमा रहेका कैदीबन्दीसँग भेटघाट गरि शुभकाकना आदानप्रदान समेत गरेका थिए । कारागारमा एक हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र २ जना आश्रित नाबालक रहेका छन् । कारागारमा २ वटा पुरुष ब्लक र १ वटा महिला ब्लक रहेको छ ।
सामाजिक एवं मानवीय भावनाको आधारमा कारागारमा रहेका कैदीबन्दीको दशैं सुखद बनाउन सहयोग गरेको गाउँपालिका अध्यक्ष मोक्तानले बताए । दसैँ सबैको पर्व भएको बताउँदै बानियाँले कारागारभित्रका कैदीबन्दीलाई प्राप्त सहयोगबाट उत्साहपूर्वक पर्व मनाउन उनले सुझाव दिए । गाउँपालिका सबैको अभिभावक भएकाले पालिकाका बासिन्दाको केही व्यक्ति कारागारमा रहँदा दसैँ खल्लो नहोस् भनेर केही राहत दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण