इजरायल आक्रमणयता सामाजिक सञ्जालमा हमासको फलोइङ आकासियो
काठमाडौँ । प्यालेष्टाइनी सशस्त्र समूह हमासलाई अधिकांश सामाजिक सञ्जालहरुले प्रतिबन्ध लगाएका छन् । अक्टोबर ७ मा इजरायलमाथि समूहले अचानक आक्रमणगरेयता म्यासेजिङ एप टेलिग्राममा यसको फलोइङ ह्वात्तै बढेको छ ।
हमासको सशस्त्र एकाई अल–क्वासम बिग्रेड्सको एउटा खातामा फलोइङ तीन गुणाले बढेको छ भने पोष्ट भएका भिडियो र अन्य कन्टेन्टमा भ्यूज संख्या १० गुणाले बढेको बताइएको छ । अमेरिकाले हमासलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन घोषित गरेको छ । मेटा र गुगललगायत कम्पनीहरूले हमासको एकाउन्टमा प्रतिबन्ध लगाएका छन् ।
तर टेलिग्रामले सो समूहलाई आफ्नो सेवा प्रयोग गर्न दिई नै रहेको छ । यसअघि ट्विटर भनेर चिनिएको एक्सले पनि हमासमाथि बन्देज लगाउँदै सो समूहसँग सम्बद्ध सयौँ खाता हटाएको थियो । टेलिग्रामको कन्टेन्ट मोडरेशन नियम अति नै खुकुलो छ । यसले गर्दा पनि अतिवादी समूहहरूमाझ यो एप निकै चर्चित छ । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण