सांसद राणालाई उद्योगीको ६ बुँदे ध्यानाकर्षण पत्र
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले सीमा समस्या समाधानका लागि पहल गर्न माग गर्दै सांसद डा.धवलशम्शेर राणालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
दसैँ, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको उपलक्ष्यमा संघले बुधबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामीले कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य डा.धवलशम्शेर राणालाई सीमा क्षेत्रको सुधारका लागि पहल गर्न आग्रह गर्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रतिनिधिसभा सदस्य मीना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, नेपाल राष्ट्र बैंक, नेपालगन्जका उप–निर्देशक रामकुमार कार्की, नेपाल प्रहरीका बाँके प्रमुख एसपी सुवासचन्द्र बोहरा, नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दिन राई, एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति,संघका पूर्वअध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र नन्दलाल वैश्य, ब्रह्मकुमारी दिदी मुना, नेपाली कांग्रेस जिल्ला सदस्य चक्र अधिकारीले उद्योगी व्यवसायीका समस्या र समाधानका उपायबारे धारणा राखेका थिए ।
संघका अध्यक्ष टंकबहादुुर धामीको अध्यक्षता, प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीको स्वागत मन्तव्य, महिला उपाध्यक्ष मन्दिरा पाण्डेको धन्यवाद ज्ञापन र महासचिव भीमबहादुर रानाभाटले कार्यक्रम गरेका थिए । कार्यक्रममा उद्योगी, व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र नेपाल प्रहरीका बाँके प्रमुख एसपी सुवासचन्द्र बोहरालाई पनि संघले स्वागत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण