शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कलाकार त्रिपाठीले अमेरिकामा गरे एक वर्षमा ९६ कार्यक्रम

शुक्रबार, ०३ कात्तिक २०८०, १० : ५४
शुक्रबार, ०३ कात्तिक २०८०

काठमाडौँ । लोकप्रिय हास्य कलाकार महादेव त्रिपाठी ‘जादुगर’ अहिले अमेरिका टुरमा छन् । करिब डेढ वर्षदेखि अमेरिका टुरमा रहेका उनले अहिलेसम्म थुप्रै कार्यक्रम गरिसकेका छन् । अमेरिकामा करिब एक वर्ष ९६ कार्यक्रम गरेको उनले बताए ।

साङ्गीतिक कार्यक्रममा उनले जादु, कमेडी प्रहसन र नृत्य प्रस्तुत गर्ने गरेका छन् । केही कार्यक्रममा उनले भगवान् महादेवको अवतारमा समेत प्रस्तुति दिने गरेका छन् ।

केही अगाडि विपुल क्षेत्री साँझ नाम कार्यक्रम सकाएका उनले भर्खर गायिका बिमाकुमारी दुरा, शशिकला मोक्तान, दिनेश सुनार, सुस्मिता श्रेष्ठ, अमर अनराग श्रेष्ठलगायतको सहभागितामा नेपाली भान्सा घर म्युजिकल लाइभ सकाएका छन् । यो कार्यक्रम केही समयदेखि प्रत्येक बुधबार र शनिबार आयोजना हुँदै आएको छ ।

कार्यक्रममा उनको नृत्य नेपाली मौलिक गीतमा रहने गरेको छ । कमेडी भने उनले समसामयिक र राजनीतिक विषयमा गर्ने गरेका छन् । जसमा उनले दर्शक दीर्घबाट वान्समोरको हुटिङ समेत पाउनेछन् ।

अमेरिका पुगेपछि त्रिपाठीले नेपाली गायिका मेलिना राई, सुगम पोखरेल, निमा रुम्बा, हेमन्त राणा, कुन्ती मोक्तान लगायतसँग साङ्गीतिक कार्यक्रम समेत गरेका छन् । ‘बलिउड र कलिउड टुर’ नाम दिइएको उक्त कार्यक्रममा उनले बलिउडमा सोनु निगम, लक्कि अलि, बादशाह पनि सहभागी थिए । 

‘दशैँमाघर आउने योजना थियो । यहाँ कार्यक्रमको मारामार पर्यो’, उनले थपे ‘दशैँ यहीका दर्शकसँग तथा फ्यानसँग मनाउँछु ।’ ‘केही कार्यक्रमका लागि अमेरिका आएको थिए । यहाँका नेपालीको माया र प्रेमले कार्यक्रम थपिँदै गयो’ उनले थपे ।

कार्यक्रमको सिलसिलामा अमेरिकामै करिब दर्जन सङ्घसंस्थाबाट समेत सम्मानित त्रिपाठीले नेपाली फिल्म, टेलिफिल्म लगायत थुप्रै म्युजिक भिडियो पनि अभिनय गरेका छन् । नेपाली फ्यान मार्फत उनी कलाकार तथा जादुगर महादेव त्रिपाठीका नामबाट परिचित छन् ।

393915299_1282160979130188_1156756118881297804_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप