रजत विजेता एरिका सम्मानित
काठमाडौँ । नेपाल कराते महासंघ, जिल्ला प्रमुख डोजो, लगनखेल, ललितपुरले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
नेपाल कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतले एरिकालाई नगद ५० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा रजत जित्दै एसियाली खेलकुदको करातेमा रजत जित्ने पहिलो खेलाडी बनेकी थिइन् ।
डोजोले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा लगनखेलस्थित आफ्नै हलमा आयोजना गरेको कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता विप्लाल श्रेष्ठलाई पनि नगद १० हजारसहित सम्मान गर्यो । विप्लवले पनि १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकोमा कांस्य पदक भिडन्तमा चुकेका थिए । १९ औं एसियाली खेलकुदका प्रशिक्षक वीरकृष्ण शाही र व्यवस्थापक निवासगोपाल वैद्य पनि समान ५–५ हजार नगदसहित सम्मानित भए ।
सोही अवसरमा नेपाल सितोरियो कराते संघको अध्यक्षमा निर्वाचित दावा गुरुङ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा निर्वाचित दीपक श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । नेपाल एकायन कराते संघले पनि शुक्रबार एरिकालाई २० हजार नगदसहित सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण