एनआरएनएलाई विभाजनतर्फ लगियोः आरके शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका प्रत्यासी आरके शर्माले संघलाई बद्री केसी पक्षले विभाजनतर्फ लगेको टिप्पणी गरेका छन् । शनिबार विवादका बीच नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण गरिएसँगै शर्माले यस्तो टिप्पणी गरेका हुन् ।
‘एकलौटी ढंगले सिस्टमलाई कब्जा लिएर निर्वाचन प्रभावित गरेर स्वतन्त्र ढंगले निर्वाचन नभएको हुँदा यसरी मन्जन गरिएको कथित शपथको कुनै औचित्य नहुने यो एनआरएनए अभियानको मर्म विपरित हुने छ । यसरी शपथ लिएर एउटा पक्षले अभियानलाई विभाजन तर्फ लगेको छ’, शर्माले भने ।
उनले आफूहरु पवित्र अभियानलाई विभाजन हुन नदिनेमा दृढ रहेको पनि बताए । शर्माले निर्वाचनमा गम्भीर त्रुटि र मतदाताको मतबाट निर्वाचनको परिणाम घोषणा नभएको कुरा निर्वाचन समितिले स्वीकार गरिसकेको पनि बताए । ‘यस्तो अवस्थामा एनआरएनए विश्व सम्मेलनको सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय भइसकेको र निर्वाचनमा देखिएको त्रुटि छलीलाई छानबिन १५ दिनभित्र सक्ने सहमति विपरीत कथित शपथको कार्यक्रम राखिएकोमा गम्भीर असहमति व्यक्त गर्दछु’, उनले भने ।
शर्मा र महेश श्रेष्ठ समूहसमेतले आफ्नो धारणा सार्वजनिक गर्न शनिबार नै शपथको कार्यक्रम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण