शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतो मधेस दौडाहामा, कार्यकर्ता फकाउने प्रयास

शनिबार, ०४ कात्तिक २०८०, १६ : ०१
शनिबार, ०४ कात्तिक २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धेरैपछि राजनीतिमा सक्रिय देखिएका छन् ।

लोसपामा निष्क्रिय जस्तै बसेका महतो दसैँको अवसरमा भने ‘शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम’को नाममा मधेस दौडाहामा निस्केका हुन् । विभिन्न जिल्लामा केही दिन उनी त्यस्तो कार्यक्रममा सहभागी भएका थिए भने हाल काठमाडौँ फर्किसकेका छन् । असोज २४ गते सर्लाही गएका महतो मोरङसम्म पुगेर हिजो काठमाडौँ फर्किएका हुन् । 

लोसपाले सार्वजनिक गरेको केन्द्रीय कार्य समितिको नामावलीप्रति उनी असन्तुष्ट रहँदै आएका थिए ।  कार्य समितिप्रति वरिष्ठ नेता महतो पक्षका अधिकांश नेताहरू असन्तुष्ट छन् । असोज २४ गते उनी आफै सर्लाही नपुगेको भए उनी पक्षका थुप्रै नेताहरू लोसपा छाडेर अन्य पार्टीमा गइसकेका हुन्थे ।

उनी त्यो कुरा थाहा पाएर हतार हतार सर्लाही पुगेको बताइएको छ । असन्तुष्ट कार्यकर्तालाई भेटेर उनले तत्कालका लागि थामथुम पारेका छन् ।

त्यसपछि उनी तीन दिनसम्म जनकपुरमा बसे । २०७४ को चुनाव जितेको धनुषा–३ मा कार्यकर्ताहरूसँग भेटघाट गर्नुको साथै शक्तिपिठहरुमा पूजापाठ समेत गरे ।

त्यहाँबाट कात्तिक २ गते सप्तरी पुगे । त्यहाँ पनि एक कार्यक्रमको आयोजना गरी आफ्ना पार्टीका असन्तुष्ट कार्यकर्तालाई भेटेर छलफल गरे । कार्यकर्तालाई चित्त बुझाउने काम उनले गरे ।

कार्य समिति गठन गर्दा त्रुटि भएको भएको भन्दै त्यसमा सुधार गर्ने आश्वासन उनले कार्यकर्ताहरूलाई दिएको बताइएको छ । 

सप्तरीबाट उनी सुनसरी पनि गए । त्यहाँ समेत उनले कार्यक्रमको आयोजना गरी असन्तुष्ट नेता तथा कार्यकर्तालाई फकाउने प्रयास गरे । त्यहाँबाट उनी मोरङ समेत गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप