अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल अङ्गोला प्रस्थान
शनिबार, ०४ कात्तिक २०८०, २१ : १५
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अफ्रिकी मुलुक अङ्गोलाको लुवान्डामा यही कात्तिक ६ देखि १० गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४७ औँ महासभामा भाग लिने नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।
महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद्का तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए । प्रतिनिधिमण्डलमा राष्ट्रियसभाका सदस्यद्वय जीतेन्द्रनारायण देव र कुमार दसौँदी, प्रतिनिधिसभाका सदस्य रुपासोसी चौधरी र सन्तोष परियार सङ्घीय संसद्का महासचिव भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुलीलगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण