रोनाल्डोको फ्रि–किकमा अल नासर विजयी
आइतबार, ०५ कात्तिक २०८०, ०६ : ४४

रियाद । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट फ्रिककको मद्दतले अल नासरले गोलले पछि परेको स्थिति उल्टाउँदै साउदी प्रो लिगमा अन नासरले उत्कृष्ट पुनरागमन गरेको छ । शनिबार भएको खेलमा अल नासरले दामाक एफसीलाई २–१ गोलअन्तरले हरायो ।
पहिलो हाफको अन्त्यतिर केभिन एनकोडूले गोल गर्दै दामाकलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५२ औँ मिनेटमा टालिस्काले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरी गरे ।
लगत्तै अन नासरले अर्को फ्रिकिक पायो । यसपटक रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । जीतसँगै अल नासर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
१० खेलपछि अल नासरको २२ अङ्क रहेको छ । हालसम्म अपराजित अल हिलाल २६ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ । २३ अङ्कसहित अल तावून लिगको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
-
बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
-
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की
-
प्रतिनिधिसभा बैठक मङ्गलबारसम्म स्थगित
-
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
-
साविक उपविजेता मोक्षदालाई हराउँदै गेटवे फाइनलमा, डीएभी सुशिल केडियासँग उपाधि भिडन्त