रोनाल्डोको फ्रि–किकमा अल नासर विजयी
आइतबार, ०५ कात्तिक २०८०, ०६ : ४४
रियाद । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट फ्रिककको मद्दतले अल नासरले गोलले पछि परेको स्थिति उल्टाउँदै साउदी प्रो लिगमा अन नासरले उत्कृष्ट पुनरागमन गरेको छ । शनिबार भएको खेलमा अल नासरले दामाक एफसीलाई २–१ गोलअन्तरले हरायो ।
पहिलो हाफको अन्त्यतिर केभिन एनकोडूले गोल गर्दै दामाकलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५२ औँ मिनेटमा टालिस्काले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरी गरे ।
लगत्तै अन नासरले अर्को फ्रिकिक पायो । यसपटक रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । जीतसँगै अल नासर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
१० खेलपछि अल नासरको २२ अङ्क रहेको छ । हालसम्म अपराजित अल हिलाल २६ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ । २३ अङ्कसहित अल तावून लिगको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण