लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण हुन थालेपछि नेपाली दूतावासले गरायो सचेत
काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले थप सुरक्षा सतर्कता अपनाउन नेपालीहरूलाई आग्रह गरेको छ। लेबनानसँगको सीमा क्षेत्रबाट समेत इजरायलमाथि रकेट तथा मिसाइल आक्रमण सुरु भएको भन्दै सचेत रहन आग्रह गरेको हो।
इजरायलको दक्षिणी क्षेत्रको अशान्तिसँगै उत्तरी क्षेत्र लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट तथा मिसाइल प्रहार बढिरहेको दूतावासले जनाएको छ।
इजरायलले किर्यात सोमनासहितका बस्तीबाट मानिसहरूलाई अन्यत्र सार्न सुरु गरेको जनाएको छ। उक्त क्षेत्र आसपास बस्ने नेपालीहरूलाई सुरक्षा प्रोटोकलहरूको पालना गर्न अनुरोध गरेको छ। त्यस्तै आफ्नो क्षेत्रका लागि जारी गरिएका सूचनाबारे तथा आफ्नो सुरक्षातर्फ सचेत रहन दूतावासले अनुरोध गरेको छ। सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा परेको खण्डमा दूतावासमा जानकारी गराउन अनुरोध गरेको हो।
इजरायलमा बस्ने नेपालीहरूको सुरक्षाप्रति दूतावास गम्भीर रहेको जनाएको छ। परिस्थिति बिग्रँदै गएर कुनै आकस्मिक निर्णय गर्नुपर्ने भएमा यहाँ बस्ने हरेक नेपालीसम्म सहजै पुग्न सकियोस् भन्ने हेतुले दूतावासले विस्तृत विवरण सङ्कलन गर्न लागेको छ।
त्यसका लागि इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई दूतावासको वेबसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्म अनिवार्य भर्न समेत अनुरोध गरेको छ।
यस अघि स्वदेश फर्कन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो फर्म भने सबैका अनिवार्य गरिएको दूतावासले जनाएको छ। त्यसैले इजरायलमा सम्पूर्ण नेपालीहरूलाई अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्नुहोला, फर्म भर्न मेसो नपाउनेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण