बागमती नदीमा नुहाउने क्रममा बालकको मृत्यु
आइतबार, ०५ कात्तिक २०८०, १६ : २०
रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिकास्थित बागमती नदीमा नुहाउने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राजदेवी ९ का वीरेन्द्र दासको ११ वर्षीय छोरा गौतम दास रहेको प्रहरीले जनाएको छ।
घर नजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा आइतबार दिउँसो नुहाउने क्रममा उनी डुबेका थिए। स्थानीयको सहयोगमा नदीबाट तत्कालै उद्धार गरी अचेत अवस्थामा रहेका दासलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा सामान्य उपचार पछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण