झापा र भक्तपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौँ । झापा र भक्तपुर जिल्लामा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका-३ खुदुनाबारीस्थित सडकमा लु.१ च ६८६३ नम्बरको गाडी र मे.५ प ४४८५ नम्बरको स्कुटर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय यम भट्टराई र स्कुटरमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय रोसन मगर रहेका छन् । दर्घटनामा गम्भीर घाइते भएका उनीहरुको प्रादेशिक अस्पताल भद्रपुर हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता भक्तपुरको मध्यपुरठिमी नगरपालिका-७ कमेरेटारस्थित सडकमा बा.२० च ३०३१ नम्बरको हात्ती गाडीको ठक्करबाट भारत मोतिहारी घर भई सोही नगरपालिका-७ कमेरेटार डेरा गरी बस्ने गुड्डुलाल साहकी छोरी ४ वर्षीया आदिती साहको आइतबार बिहान मृत्यु भएको छ । आफ्नै डेरा अगाडि खेलिरहेको अवस्थामा उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण