डेढ वर्षकै उचाइमा उक्लियो बिट्क्वाइनको भाउ
काठमाडौँ । डिजिटल मुद्रा बिट्क्वाइनको भाउ झन्डै ३५ हजार डलरमा पुगेको छ । मंगलबार इन्ट्राडे कारोबारमा बिट्क्वाइनको भाउ ११ दशमलव ८६ प्रतिशतले बढेर ३४ हजार ३ सय २२ डलर ४७ सेन्टमा उक्लिएको क्वाइन मार्केट क्यापको डेटाले देखाएको छ । एक हप्ताको अवधिमा मात्रै यसको भाउ २१ दशमलव ३ प्रतिशतले बढिसकेको छ ।
बिट्क्वाइन विश्वको सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी हो । अघिल्लो दिन मात्रै यसको भाउ १० प्रतिशतले बढेको थियो । बिट्क्वाइनमा आधारित एक्सचेन्ज–ट्रेेडेड फन्ड (ईटीएफ) खुल्ने अनुमान बढिरहँदा बिट्क्वाइनको भाउ हालैका दिनमा आकासिरहेको छ । ग्रेस्केल इन्भेस्टमेन्टले बिट्क्वाइन ईटीएफ खोल्न दिएको आवेदन अस्वीकार गर्नु गलत हो भन्ने फैसलामा सेकले पुनःविचार नगर्ने भन्दै रोयटर्स लगायत सञ्चार माध्यमहरूले समाचार छापिरहेका छन् ।
भौतिक बिट्क्वाइन ईटीएफले अनुमति पाउने खबरले क्रिप्टो बजारलाई टेवा दिइरहेको छ । छिटोमा तीन महिनाभित्र यो ईटीएफ खुल्न सक्ने बताइएको छ । मध्यपूर्वमा इजरायल र हमासबिच जारी युद्धले भूराजनीतिक अनिश्चय बढाइरहेको छ । यसले पनि सुनलगायत सेफ हेभन एसेटको साथसाथै बिट्क्वाइन जस्ता जोखिमयुक्त सम्पत्तिको माग बढाइरहेको विश्लेषकहरू बताउँछन् । इथरलगायत अन्य भर्चुअल मुद्राको भाउ पनि अहिले बढिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण