सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
रूपन्देहीको सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१प ९१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने १६ वर्षीय अभिषेक कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-८ बैकुन्ठपुरस्थित सडकमा लु.९० प ४१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक रामग्राम नगरपालिका-१४ रेक्सहवा बस्ने २७ वर्षीय दिपेन्द्र साहानीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता सप्तरीको सप्तकोशी नगरपालिका-११ भगनी मलेठस्थित सडकमा रोकी राखेको बा.१० च ७१६४ नम्बरको पिकअपमा को.२८ प ५६१२ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ कमलपुर बस्ने २३ वर्षीय दिपेन्द्र शर्मा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानिय धर्मेश्वर अस्पताल ठेलिया हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिका-६ औरहास्थित सडकमा वीरगंजबाट औरहातर्फ जाँदै गरेको प्रदेश ०२-०३-००९ प ७०३० नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय ब्रहमदेव महराको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण