शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

टुटेकै हो त मलाइका र अर्जुनको प्रेम सम्बन्ध ?

बिहीबार, ०९ कात्तिक २०८०, १२ : ३३
बिहीबार, ०९ कात्तिक २०८०

मुम्बई । बलिउडको फेभरेट कपलको चर्चा हुँदा मलाइका अरोरा र अर्जुन कपुरको नाम अवश्यै आउँछ । केही दिनयता यी दुईबिच ब्रेकअप भएको हल्ला चलिरहेको छ ।  

मलाइकाले हालै एउटा अन्तरवार्तामा यस मामिलामा आफूले केही पनि सफाइ दिनु पर्ने आवश्यकता नभएको अनि भन्नु पर्ने कुरा पहिले नै भनिसकेको बताएकी छिन् । टाइम्स अफ इन्डियासँगको अन्तरवार्तामा उनले भनिन, ‘म अहिले आफ्नो पर्सनल स्पेसबारे कुरा गर्न चाहन्न । म यस्तो स्टेजमा छु, जहाँ मैले बोल्न जरुरी थियो, त्यहाँ बोलिसके । मैले केही स्पष्टीकरण दिनु पर्ने आवश्यकता छैन, जे जति भन्नु पर्ने थियो त्यो सबै पहिला नै भनिसकेको छु ।’

अन्तरवार्तामा मलाइकाले ब्रेकअपबारे कुनै प्रतिक्रिया दिइनन् । अर्जुन कपुरले हालै मात्रै ब्रेकअपको खबरलाई अफवाह साबित गरिदिएका थिए । केही दिन अघि मलाइकाको जन्मदिनमा उनले एउटा रोमान्टिक तस्बिर शेयर गरेका थिए । सो पोस्टमा मलाइकाले आई लभ यु कमेन्ट गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप