खेलकुद
पेभेलियन फर्किए नेपालका ओपनर ब्याट्सम्यान आसिफ
शुक्रबार, १० कात्तिक २०८०, ११ : ३१
काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृंखलाको फाइनल खेल भइरहेको छ । यूएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको हो । उनी १२ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भए । उनी आउट हुँदा नेपालले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएको छ । उनलाई यूएईका बलर आयान अफजल खानले बोल्ड गरेका हुन् ।
यूएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण