सहचालकले चलाएको बसले ठक्कर दिँदा १ जनाको मृत्यु, २ जना घाइते
रौतहट । माधवनारायण नगरपालिकाको फुलबरिया गाउँमा यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । यस्तै अन्य दुई जना घाइते भएका छन् ।
काठमाडौँबाट माधोपुर हुँदै गंगा पिप्रा जाँदै गरेको ना६ख १४६३ नम्वरको रात्रिबसले शुक्रवार विहान ५ बजेको घर अगाडि बसेर
घुरो ताप्दै गरेका ६५ बर्षिय ब्रम्ह्देव दासलाई ठक्कर दिएको थियो । उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीका अनुसार बस सहचालकले चलाएका थिए । दासलाई ठक्कर दिएपछि बस अनियन्त्रित हुँदै घर भित्र छिरेको थियो। त्यसपछि बसको ठक्करबाट घरभित्र सुतिरहेका ५५ बर्षिय फेकु दास र ५० वर्षीया सुमित्रा देवी दास घाइते भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिए ।
घाइते दुबै जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ ।बस र चालकलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण