भन्सार छली गरेर ल्याइएको चिनी र चामल प्रहरी नियन्त्रणमा
शनिबार, ११ कात्तिक २०८०, १० : ३६
जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको चिनी र चामल बरामद गरेको छ । बिहीवार प्रहरीले २ लाख ७१ हजार १ सय बराबरको विभिन्न किराना सामानहरु, चिनि र चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरिक्षक चन्दकिशोर साहको कमाण्डमा खटिएको टोलीले धनुषाको बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको अवस्थामा सो सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सो सामग्रीहरु आवश्यक कारवाहीको लागी शुक्रवार जनकपुर भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण