कांग्रेस चियापानको मेन्यु : केरा, समोसा, निम्की र बर्फी
काठमाडौँ । नेपाली कांग्रेसले कोजाग्रत पुर्णिामाका अवसरमा चियापान कार्यक्रम गरेको छ । पार्टी मुख्यालय सानेपामा गरिएको चियापान कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा लगायतका कांग्रेस नेता, कार्यकर्ता उपस्थित छन् भने विभिन्न दलका नेताहरू पनि चियापान कार्यक्रममा सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरू सहभागी भएका छन् । कांग्रेसले गरेको चियापान कार्यक्रममा दुई थरी मेन्यु राखिएको छ ।

पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणका लागि समोसा, केरा, निम्की, बर्फीको प्याकेटको व्यवस्था गरिएको छ । साथै सेतो, कालो चिया र कफीको व्यवस्था गरिएको छ ।
अनुपम फुडल्याण्डले ५ हजार जनाका लागि यो मेन्युको प्याकेट बनाएको छ । यस्तै अतिथि तथा भीआईपीका लागि बारा, स्विटकर्न, चिकेन, चिज स्यान्डविच, अचार, चिया, कफीको व्यवस्था गरिएको अनुपम फुडल्याण्डका शेफ सन्तोष मरासिनीले जानकारी दिएका छन् ।

झन्डै ४ सय जना भीआईपीका लागि यो मेन्यु तयार गरिएको छ । पार्टी कार्यालय सानेपामै हिजोदेखि तयार पारिएको यो भेन्यु व्यवस्थापनका लागि अनुपम फुडल्याण्डका ६० जना कर्मचारी खटिएको मरासिनीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण