गरिबी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध साझा रुपमा लडौँ : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले गरिबी, बेरोजगारी र भ्रष्टाचारका बिरुद्ध साझा रुपमा लड्नुपर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै सभापति लामिछानेले देशमा गरिबी, बेरोजगारी र भ्रष्टाचार सबै राजनीतिक दलका दुश्मन भएको भन्दै त्यसका बिरुद्धमा साझा रुपमा लड्नुपर्ने बताएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी यिनै साझा दुश्मनका बिरुद्ध लडिरहेको भन्दै कुनै राजनीतिक दलहरुसँग आफूहरुको प्रतिष्पर्धा नभएको बताए । उनले भने, ‘वास्तवमा भन्नुपर्दा हाम्रो प्रतिस्ष्र्धा कुनै राजनीतिक दलसँग होइन । सबै राजनीतिक दलको प्रतिष्पर्धा, दुश्मनी भनौँ अथवा लड्नुपर्ने साझा दुश्मन भनेको यो देशको गरिबी, यो देशको बरोजगारी, यो देशको भ्रष्टाचार हो । त्यसकारणले हामीले त्यसरी प्रतिस्पर्धा सोचेका छैनौँ । चुनावमा लड्नुपर्ने कुरा बेग्लै होला । हामी चुनाव बाहेक अरु दिनमा कुनै त्यस्तो लड्ने, प्रतिष्पर्धा गर्ने कुरा छैन । हामी लड्नुपर्ने विषय नै साझा हो । नेपाली कांग्रेसले लड्ने भनेको भ्रष्टाचार बिरुद्ध भनेको छ उसले । एमालेले त्यही भनेको छ । हामीले त्यही भनेका छौँ । हाम्रो दुश्मन, लड्नुपर्ने ठाउँहरु, हामीले फाल्नुपर्ने चिजहरु साझा छन् । राजनीतिक प्रतिस्पर्धा चुनावमा मात्रै हो । हामीले आफ्नै दल बनाउनुपर्ने भएकाले चुनौति हामी भित्र नै छ । जनताले जुन आशा र विश्वासका साथ हामीलाई छोटो समयमा संकेत गरेका छन् । कतै आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने बाहेक हामीले अहिलेका लागि सोच्नुपर्ने अवस्था छैन । त्यसकारणले हामीले हाम्रा लागि चुनौति पार्टी निर्माण हाम्रो चुनौति हो । संगठनको चुस्तता, दस्तावेज बनाउने चुनौती हो ।’
उनले नेपाली जनताका मुद्दाहरुमा मेलमिलापको नीतिको सान्दर्भिकता कहिल्यै पनि नहट्ने बताए । कांग्रेसले अंगिकार गरेको विगतको मेलमिलापको नीति, चुनौति र पात्रहरु अलग भएपनि सो नीतिलाई एउटा असल नीतिको रुपमा लिन सकिने सभापति लामिछानेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण