आर्सनलको जीतमा एन्केटियाको ह्याट्रिक
लण्डन । एडी एन्केटियाले प्रिमियर लिगमा पहिलो ह्याट्रिक गर्दा आर्सनलले सेफिल्ड युनाइटेडमाथि शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा आर्सनल ५–० गोलले विजयी बनेको हो ।
एकतर्फी बनेको खेलको २८ औँ मिनेटमा एन्केटियाले टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै ८ मिनेटमा अन्तरमा दुई गोल गर्दै उनले आफ्नो ह्याट्रिक पुरा गरे ।
८८ औँ मिनेटमा फाबियो भिएराले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । इन्जुरी समयमा टाकेहिरो टोमीयासूले आर्सनलका लागि अर्को गोल थपे ।
हालसम्म अपराजित रहेको आर्सनलले १० खेलमा २४ अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । सेफिल्ड भने मात्र १ अङ्क बटुल्दै लिगको पुछारमा रहेको छ ।
शनिबार नै भएका अन्य खेलमा न्युक्यासल युनाइटेड वूल्भ्ससँग २–२ को बराबरीमा रोकियो भने बोर्नेमाउथले बर्नलीलाई २–१ गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण