अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट
आइतबार, १२ कात्तिक २०८०, १८ : २२
काठमाडौंँ । नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस फिल्म ‘हल्कारा’ अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ । कात्तिक २२ देखि मंसिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने फेस्टिभलको प्रतिस्पर्धात्मक खण्डमा फिल्म छनोट भएको हो ।
यो खण्डमा यसवर्ष ओस्कारका लागि सिफारिस अन्य एसियाली फिल्म पनि छन् । चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथामा फिल्म बनेको हो ।
विक्रम सापकोटा निर्देशित फिल्म रामकृष्ण पोखरेलले आइसफल फिल्म्सको ब्यानरमा निर्माण गरेका हुन् । महेश त्रिपाठी, बिनिता थापामगरको मुख्य भूमिका रहेको फिल्ममा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण