भारतको अपराजित यात्रा जारी, साबिक विजेताको बिजोग
लखनउ । आयोजक भारतले साबिक विजेता इंग्ल्याण्डलाई हराउँदै एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई १ सय रनले हराएको हो ।
भारतले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ३४.५ ओभरमा सबै विकेट गुमाएर मात्र १२९ रन बनाउन सक्यो । इंग्ल्याण्डले बिना कुनै विकेट गुमाएर ३० रन बनाउँदै राम्रो सुरुवात गरे पनि त्यसपछि भने लगातार विकेट गुमाउँदै गयो ।
इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्वाधिक २७ रन बनाए । त्यस्तै डेविड मलान र डेविड विलीले १६–१६, मोइन अलीले १५ तथा जोनी बेयरस्टोले १४ रनको योगदान दिए । भारतका लागि मोहम्मद शामीले ४, जसप्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए । उनले १०१ बलको पालीमा १० चौका र ३ छक्का हिर्काए ।
भारतको सुरुवात भने राम्रो हुन सकेन । मात्र ४० रन बनाउँद भारतले शुभमन गिल, विराट कोहली र श्रेयस ऐयरलाई गुमाएको थियो । त्यसपछि रोहितले केएल राहुलसँग मिलेर भारतको पाली सम्हालेका थिए । केएल राहुलले ३९ रन बनाए ।
त्यस्तै, सूर्यकुमार यादवले ४९ तथा जसप्रित बुमराहले १८ रन बनाउँदै भारतलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । इंग्ल्याण्डका लागि डेभिड विलीले ३ तथा क्रिस वोक्स तथा आदिल रसिदले २–२ विकेट लिए ।
जीतसँगै भारत ६ खेलबाट अधिकतम १२ अङ्क बटुल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा भारत एक मात्र अपराजित टोली हो । इंग्ल्याण्ड भने ६ खेलबाट मात्र २ अङ्क बटुल्दै अङ्क तालिकाको पुछारतिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण