फिलिपिन्सको समुन्द्रमा बिकिनीमा देखिइन् आँचल
काठमाडौंँ । अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन उनी त्यहाँ पुगेकी हुन् । श्रीमानका साथ फिलिपिन्सको प्राकृतिक सौन्दर्यमा उनी रमाइरहेकी छन् ।
फिलिपिन्स पुगेपछि आँचल बिकिनीमा समेत देखिएकी छन् । उनले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरमा उनलाई बिकनीमा देख्न सकिन्छ ।
समुद्री किनारमा खिचाएको उनका बिकिनी तस्बिरले सामाजिक सञ्जाल लाइक र कमेन्ट समेत धेरै पाएको छ ।
आँचल पछिल्लो समय रामबाबु गुरुङ निर्देशक रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ अभिनयरत छिन् । फिल्मको पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायाँकन तिहारपछि सुरु हुनेछ । फिल्मको छायांकनको यो ग्याप समय सदुपयोग उनले फिलिपिन्स भ्रमणमा गरेकी हुन् ।
आँचल केही पहिले फिल्म ‘ह्वाइट हाउस’ र ‘पञ्चामृत’ पनि अनुबन्धित भएकी थिइन् । ‘ह्वाइट हाउस’ मा उनी रमेश उप्रेतीको जोडीको रुपमा देखिनेछिन् भने ‘पञ्चामृत’मा उनको जोडी धिरज मगर बन्नेछन् ।
अघिल्लो वर्ष फिल्म ‘झिँगेदाउ’ हिट दिएकी आँचलको यो वर्ष प्रदर्शनमा आएको ‘नाईं नभन्नू ल ६’ फ्लप भयो । ‘नाईं नभन्नू ल ६’ फ्लप भएपछि फुर्सदिलो बनेकी उनले हाल प्रदर्शनरत फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’मा एक गीतमा समेत अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण