फिलिपिन्सको समुन्द्रमा बिकिनीमा देखिइन् आँचल

काठमाडौंँ । अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन उनी त्यहाँ पुगेकी हुन् । श्रीमानका साथ फिलिपिन्सको प्राकृतिक सौन्दर्यमा उनी रमाइरहेकी छन् ।
फिलिपिन्स पुगेपछि आँचल बिकिनीमा समेत देखिएकी छन् । उनले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरमा उनलाई बिकनीमा देख्न सकिन्छ ।
समुद्री किनारमा खिचाएको उनका बिकिनी तस्बिरले सामाजिक सञ्जाल लाइक र कमेन्ट समेत धेरै पाएको छ ।
आँचल पछिल्लो समय रामबाबु गुरुङ निर्देशक रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ अभिनयरत छिन् । फिल्मको पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायाँकन तिहारपछि सुरु हुनेछ । फिल्मको छायांकनको यो ग्याप समय सदुपयोग उनले फिलिपिन्स भ्रमणमा गरेकी हुन् ।
आँचल केही पहिले फिल्म ‘ह्वाइट हाउस’ र ‘पञ्चामृत’ पनि अनुबन्धित भएकी थिइन् । ‘ह्वाइट हाउस’ मा उनी रमेश उप्रेतीको जोडीको रुपमा देखिनेछिन् भने ‘पञ्चामृत’मा उनको जोडी धिरज मगर बन्नेछन् ।
अघिल्लो वर्ष फिल्म ‘झिँगेदाउ’ हिट दिएकी आँचलको यो वर्ष प्रदर्शनमा आएको ‘नाईं नभन्नू ल ६’ फ्लप भयो । ‘नाईं नभन्नू ल ६’ फ्लप भएपछि फुर्सदिलो बनेकी उनले हाल प्रदर्शनरत फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’मा एक गीतमा समेत अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद
-
सर्लाहीमा साढे ४२ लाखको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल