सेयर बजारमा सामान्य वृद्धि
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । १८ सय ७६ अंकबाट कारोबार समयदेखि नै घट्न थालेर १८ सय ५७ अंकसम्म आइपुगेको थियो । तर, कारोबार बन्द हुन बाँकी ४५ मिनेटको समयदेखि भने सुधार हुँदै ३.०४ अंकले बढेर बन्द भएको हो ।
०.१६ प्रतिशतले सूचक बढ्दा १२८ कम्पनीको सेयर मूल्य समेत बढेको छ । यस्तै, ९७ कम्पनीको मूल्य घट्दा १४ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा आज ६९ करोड ४२ लाख रुपैयाँ बरारबको २८ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ ।
परिसूचकमा सामान्य वृद्धि आएको दिन पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्यमा ७.८२ प्रतिशतले वृद्धि आएको छ । यसपछि मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ५.८९ प्रतिशतले बढेको छ । कारोबारमा आएको दोस्रो दिनमा पनि सोनापुर मिनरल्स एण्ड ओयर लिमिटेडको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।
आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर सेयर सबैभन्दा धेरै ३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यसपछि नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण