आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड, माधव नेपालहरुमा दक्षिणपन्थी अवसरवाद देखा पर्‍यो : उपाध्यक्ष बादल

सोमबार, १३ कात्तिक २०८०, १५ : ३७
सोमबार, १३ कात्तिक २०८०

पोखरा । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वामदेव गौतमहरुमा दक्षिणपन्थी अवसरवाद देखा परेको बताएका छन् । 

‘उनीहरुमा अराजकतावादी प्रवृत्ति देखा पर्‍यो । जनताको अगाडि उनीहरुलाई नङ्ग्याउने र भण्डाफोर गरेर एमालेको झण्डामुनी राख्न जरुरी छ,’ उनले भने, ‘अन्यथा मिसन २०८४ सफल हुँदैन । मिसन २०८४ समाजवादी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने वर्ष हो ।’

उनले हाल पुँजीपति र श्रमजीवी वर्गबीच उथलपुथल भइरहेको बताए । गणतन्त्र स्थापना पछि एमालेको दसौँ महाधिवेशनले नयाँ राजनीतिक निष्कर्ष निकालेको भन्दै समाजवादी आन्दोलनमा प्रवेश गरेको उनको भनाई छ । 

‘समाजवादको कार्यदिशा निर्माण गर्ने नै दसौँ महाधिवेशनको निष्कर्ष हो,’ उनले भने, ‘निर्वाचनमा बहुमत ल्याएर हामी समाजवादको आधार निर्माण गर्न सक्छौँ । हामी समाजवादी मुद्दामा हेलिन आवश्यक छ ।’ 

उपाध्यक्ष थापाले वामपन्थी आन्दोलन विभक्त रहेको भन्दै सच्चा वामपन्थीहरुलाई एकताबद्ध बनाउनुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप