एकीकृत समाजवादीका नेता दलबहादुर एमालेमा प्रवेश
पोखरा । नेकपा एकीकृत समाजवादी सल्लाहाकार समिति सदस्य दलबहादुर गुरुङ एमालेमा प्रवेश गरेका छन् । पोखरामा आयोजित एमाले गण्डकीको शपथ ग्रहण कार्यक्रममा गुरुङ अध्यक्ष केपी ओलीको हातबाट खादा लगाएर पार्टी प्रवेश गरेका हुन् ।
यस्तै, जिल्ला सचिवालय सदस्य बाबुराम भण्डारी, जिल्ला सदस्य पदम गुरुङ, असिम गुरुङ, प्रताप गुरुङ, माछापुच्छ्रे उपाध्यक्ष कृष्ण गुरुङ लगायत ८५ जना पार्टी प्रवेश गरेका एमाले गण्डकीका सचिव धनन्जय दवाडीले जानकारी दिए ।
पार्टी प्रवेशपछि गुरुङले एमालेबाटै देशको संकट समाधान हुने भएर एमाले प्रवेश गरेको बताए ।
‘नेपाल संकटमा छ । यो बेला संकट मुक्त गर्न एमालेले मात्रै सम्भव छ भनेर म प्रवेश गरेँ,’ उनले भने, ‘मिसन २०८४ मा म जिम्मेवार भएर लाग्नेछु । सबै ठाउँमा बहुमतले जिताउने छु ।’
समाजवादीका अन्यलाई पनि प्रवेश गराउने उनले बताए । उनले आफू मूल घरमा प्रवेश गरेको बताएका छन् ।
(यसअघि सचिवालय सदस्य भएकोमा क्षमा याचनासहितसच्चाइएको छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण