नागरिकतामा हस्ताक्षर गर्ने अधिकारी नहुँदा हुम्लीलाई सास्ती
सिमकोट । नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौंँदेखि हुम्लाको सर्केगाड गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपरेको छ । यहाँको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सहजरूपमा नागरिकता पाउन सकेका छैनन् ।
लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने ताँजकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका हुन् । नागरिकतालगायत अन्य प्रशासनिक काममासमेत बाधा पुगेको छ ।
इलाका प्रशासनबाट हुने सम्पूर्ण कामकाज ठप्प हुँदा यस क्षेत्रका सेवाग्राही समस्या परेका छन् । लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तै घर फर्कन बाध्य भएको नेकपा (माओवादी केन्द्र) सर्केगाड गाउँपालिका समिति अध्यक्ष छवि थापाले बताए ।
कार्यालय बन्द हुँदा नागरिकले भदौ महिनादेखि नागरिकता बनाउनसमेत नपाएको अध्यक्ष थापाले बताए । नागरिकता मात्र नभएर इलाका प्रशासनबाट हुने कुनै काम गर्न नपाएको उनले बताए ।
कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरू समस्यामा परेको सर्केगाड गाउँपालिका–१ जैरका युवराज रावतले गुनासो गरे । नागरिकता बनाउन नपाउँदा आफूलाई समस्या भएको रावतको भनाइ थियो ।
जैर गाउँबाट झन्डै तीन घण्टा हिँडेर सर्केगाड आइपुगेको भए पनि कार्यालयमा पुग्दा सेवाग्राहीका लागि सेवा दिने कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको रावतले बताए । कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । महिना दिन बित्दासमेत कार्यालयमा कर्मचारी कोही नहुँदा दक्षिणी भेगमा रहेका चारवटा गाउँपालिकाका सेवाग्राहीले समस्या भोग्नुपरेको उनले बताए ।
गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई–तीन हजार खर्च हुने गर्दछ तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको नागरिकता बनाउन सर्केगाड पुगेका सोही पालिका–४ का सपना थापाले बताइन् । जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनुपरेको गुनासो थापाको छ ।
सदरमुकाम सिमकोट पुग्न एकदिन लाग्छ । पहिराले भत्काएको बाटो सहज छैन । अब एक–दुई दिनमा कार्यालयमा इलाका प्रशासनका प्रमुख नआएपछि सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यता पुरानै रहने भएको थापाले बताइन् । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम नहुने उनको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण