श्रीलंकालाई हराउन अफगानिस्तानले २४२ रन बनाउनुपर्ने

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको सोमबार खेलिएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ । पुणेमा खेलिएको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा अलआउट हुनुअघि दुई सय ४१ रन बनाएको हो ।
विश्वकपको पूर्वविजेता श्रीलंकाका लागि कुनै पनि ब्याट्सम्यानले अर्धसतकसम्म बनाउन सकेनन् । श्रीलंकाली ब्याट्सम्यानहरु प्रारम्भदेखि नै अफगानिस्तानका बलरको दबाबमा परेका थिए । ओपनर पाथुम निसानकाले श्रीलंकाका लागि सर्वाधिक ४६ रनको योगदान गरे । उनले ६० बलको सामना गरी पाँच चौका हिर्काएका थिए । अर्का ओपनर दिमुथ करुणारत्ने भने १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान कुशल मेन्डिस पनि ३९ रनभन्दा अगाडि बढ्न सकेनन् ।
विकेटकिपर ब्याट्सम्यान मेन्डिसले ५० बलको सामना गरी तीन चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान सदिरा समाराविक्रमाले टोलीको खातामा ३६ रन थपे । उनले ४० बलमा तीन चौका प्रहार गरेका थिए । चरिथ असालन्काले २२ रन जोडे । धनन्जय डा सिल्भा १४ रनमै पेभेलियन फर्किए । एन्जेलो म्याथ्युजले २६ बलमा एक छक्का र एक चौकाको मद्दतले २३ रन बनाए । महिस थिकसनाले ३१ बलको सामना गरी एक छक्का र तीन चौकाको मद्दतले २९ रन बनाए । श्रीलंकाली टोलीले अतिरिक्त रुपमा ११ रन पाएको थियो ।
अफगानिस्तानका बलर फजालहक फारुकीले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ३४ रन खर्चिए । मजिब उर रहमानले पनि दुई विकेट हात पारे । अजमतुल्लाह ओमरजाई र रसिद खानले पनि एक—एक विकेट लिए ।
जारी विश्वकपमा श्रीलंका र अफगानिस्ताको टोलीले आफ्नो छैठौँ खेल खेलेका हुन् । यसअघि खेलिएका पाँचमध्ये दुई खेलमात्र श्रीलंका विजयी भएको छ । तीन खेलमा भने श्रीलंकाले पराजयको स्वाद चाखेको छ । अफगानिस्तानले पनि यसअघि खेलिएका पाँचमध्ये दुई खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?