मधेस प्रदेशसभाको रिक्त समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय
सोमबार, १३ कात्तिक २०८०, १८ : ३४
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश सभामा खालि रहेको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै जसपा नेता प्रकाश अधिकारीले बैठकले मधेस प्रदेश सभामा रिक्त समानुपातिक सांसदका लागि सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको बताए । उनले बैठकमा संघीय संसदमा पेस हुन लागेका ऐनहरुको बारेमा पनि बैठकमा छलफल भएको बताए ।
नेता अधिकारीले शिक्षा ऐन, गिटी बालुवा निकासी ऐन लगायतका बारेमा बैठकमा छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण