पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी : स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताए ।
उनका अनुसार बालबालिका, प्रजनन समूहका वयष्क मानिस, केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीमा पनि रगतमा लेड (सिसा) पाइएको छ । सिसा एक प्रकारको रसायन हो जुन सजिलै नपग्लने र मानिसको शरीरमा नपच्ने खालको हुन्छ ।
मानिसलाई आवश्यकभन्दा बढी सिसा रहेको अध्ययनले देखाएको उनले बताए । रङ्रोगन (पेन्टर्स), सौन्दर्यका साधन (लिपिस्टिक, काजल), रङ्गीचङ्गी खेलौना, चाउचाउ र केही दर्ता नगरिएका आयुर्वेदिक औषधिका लेड (सिसा) पाइने गरेको उनले जानकारी दिए । लेडको विषाक्तताबाट जोगिन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।
सरकारले लेड (सिसा) को विषबाट बच्नका लागि जनचेतना जगाउन सचेतना सप्ताह मनाएको छ । सिसा बिजुलीको तेल, श्रृङ्गारका सामग्र्री घर रङ्गाउने पेन्टमा प्रयोग गरिन्छ । यस्तै आयुर्वेदिक औषधि भन्दै झोल औषधिमा पनि बढी सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।
लेड (सिसा) को विषबाट मानिसलाई मस्तिष्क, स्नायु र मानिसको व्यवहारमा असामान्य बनाउने गर्दछ । यसैगरी सिकाई र सुनाईमा पनि मन्द विकास गराउँछ । सिसाको मात्रा शरीरमा बढी भएको अवस्थामा बच्चा र युवालाई पेट दुख्ने, खान मन नलाग्ने, मानसिक विकास रोकिने, कब्जियत हुने, रक्तअल्पता, झनक्क रिसाउने, मिर्गौला बिग्रने, एकान्त बस्ने जस्ता लक्षण देखिने गर्दछ ।
विश्व स्वास्थ्य सङ्गठनले मानव स्वास्थ्यका लागि १० विषाक्त रसायनमध्ये एक रसायन सिसा हो भनेको छ । सरकारले रङको मात्रा ९० पिपिभन्दा कम हुनुपर्दछ भनेर मापदण्ड बनाएपनि अनुगमन नहुँदा बढी मात्रा सिसाको प्रयोग हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्ग : पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण