‘परदेशी २’ को सफलताले वर्षालाई राहत
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली फिल्म क्षेत्रको ‘अनलक्की’ अभिनेत्री मानिन्छ । डेव्यु फिल्म ‘नाइँ नभन्नु ल २’ र ‘पशुपति प्रसाद’ बाहेक उनका अधिकांश फिल्म असफल छन् । त्यसैले पनि उनलाई ‘अनलक्की’को रूपमा हेरिएको ।
फिल्म असफल भए पनि वर्षालाई फिल्मको अभाव भने भएन । उनले हरेक वर्ष १–२ वटा फिल्म गरिरहेकी छिन् । कतिपय फिल्ममा त उनको अभिनयको तारिफ समेत भएको छ । जसले गर्दा उनको हातमा काम परिरहेको छ ।
वर्षा अभिनीत पछिल्लो फिल्म ‘परदेशी २’ भने राम्रो भएको छ । नारायण रायमाझी निर्देशित गत २६ असोजबाट प्रदर्शनमा आएका फिल्म अहिले तेस्रो सातामा छ । जसले राम्रो दर्शक पाइरहेको छ । पारिवारिक तथा सामाजिक फिल्ममा वर्षाको कामको पनि तारिफ भइरहेको छ । उनले फिल्ममा निर्वाह गरेको लुजाको भूमिका दर्शकले निकै रुचाएका छन् ।
‘परदेशी २’ बक्स अफिसमा सफल हुँदा वर्षालाई ठुलो राहत मिलेको छ । अबका दिनमा टिम र ब्यानर हेरेर राम्रो फिल्म मात्र अभिनय गर्ने उनले योजना बनाएकी छन् ।
आउँदो वर्ष वर्षाको फिल्म काजी रिलिज हुनेछ । जसमा उनी विपिनको जोडी बाँधिएकी छन् । फिल्मले राम्रो गर्ने उनको अपेक्षा छ ।
कलाकारको हरेक वर्ष रिलिज हुने सबै फिल्म चल्छन् भन्ने पक्का हुँदैन । तर, कुनै एक फिल्म मात्र बक्स अफिसमा सफल हुँदा उसको करिअरलाई ठुलो फाइदा मिल्छ । लामो समयपछि वर्षालाई ‘परदेशी २’ले यस्तै खुसी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण