काभ्रेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
काभ्रे । काभ्रेको पनौतीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ः१० बजेको समयमा पनौती–२ सिलाभंज्याङमामा निसान गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनएको छ ।
कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खस्दा गाडीमा सवार उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुवै जनाको उपचारको क्रममा सिरमेमोरीयल अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा गाडी चालक काभ्रे पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य, बेथानचोक–२ बस्ने ५० वर्षीय शिव विक्रम केसी रहेको उनले बताए । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् । घाइते हुनेमा बेथानचोक–२ बस्ने ४५ वर्षीय सारदा तिमल्सिना रहेकी छिन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण