सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाबाट मर्यादाक्रम सम्बन्धी विधेयक सर्वसम्मतले पारित, प्रधानसेनापति पूर्वसांसद पछाडि

मङ्गलबार, १४ कात्तिक २०८०, २० : २०
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रियसभामा गैरसरकारी विधेयकको रूपमा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ सर्वसम्मत रूपमा पारित भएको छ । 

मंगलबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले विधेयक पारितका लागि सभामा प्रस्तुत गरेका थिए । सरकारका तर्फबाट नभई राष्ट्रिय सभाका सदस्यहरू मिलेर गत वर्ष चैत ५ गते यो विधेयक दर्ता गराएका थिए । पारित भएको यो विधेयक अब प्रतिनिधि सभामा जानेछ । वडा अध्यक्षदेखि राष्ट्रपतिसम्म राज्यका विभिन्न निकायका पदाधिकारीको मर्यादाक्रम प्रस्ताव गरिएको सो विधेयक प्रतिनिधि सभाले पारित गरेमा मात्र त्यसले कानुनी मान्यता पाउनेछ । 

मर्यादाक्रमको विषयलाई कानुनी रूप दिन खोजेको राष्ट्रिय सभाले पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधि सभाको सभामुख, राष्ट्रियसभा अध्यक्षलाई राखिएको छ । 

नेपाली सेनाको प्रधानसेनापतिलाई १३ औँ स्थानमा राखिएको छ । यो स्थानमा मुख्य सचिव, संसद्को महासचिव, सर्वोच्चको मुख्य रजिष्टारलाई पनि समेटिएको छ । 

१२ औँ स्थानमा प्रदेश सरकारको मन्त्री, प्रदेशको उपसभामुख, नेपाल सरकारको पूर्व राज्यमन्त्री, पूर्व सहायक मन्त्री, प्रदेश सभाको पूर्व सभामुख, संविधान सभाको सदस्य र पूर्व सांसदलाई राखिएको छ । 

यस्तै महानगरपालिकाको प्रमुखको मर्यादाक्रम १७ औँ स्थानमा राखिएको छ भने प्रहरी निरीक्षक, वडाध्यक्ष, माध्यमिक तहको शिक्षकलाई २१ औँ स्थानमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप