बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गुटेरेसले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिनुभयो : ओली

मङ्गलबार, १४ कात्तिक २०८०, १८ : ३२
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गरेको सम्बोधन धेरै राम्रो रहेको बताएका छन् ।  

मंगलबार महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । 

त्यस अवसरमा अध्यक्ष ओलीले संसदमा गरेको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद समेत व्यक्त गरे । उनले महासचिव गुटेरेसले नेपालको र नेपाली राष्ट्रबारे राम्रो मूल्यांकन गरेको धारणा राखे । 

गुटेरेसले पीडित केन्द्रित भएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पु¥याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामना समेत गरेको बताए । उनले वातावरणीय विनाश रोक्न नेपालले दिएको योगदानको पनि खुलेर महासचिव गुटेरेसले प्रशंशा गरेको पनि बताए ।

अध्यक्ष ओलीले महासचिव गुटेरेसले आफ्नो सम्बोधनमार्फत गरिब देशहरुलाई सम्पन्न देशहरुले सहयोग र समर्थन गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप